US Khabar

होलीको दिन पल शाहा भन्छन् ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो’

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

होलीको दिन पल शाहा भन्छन् ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो’

काठमाण्डौं । बलात्कार मुद्धामा जेल जीवन विताएर अन्ततस् सफाय पाएर घर फर्किएका मोडल पल शाह फागु पूर्णिमाको अवसर पारेर एक वर्ष एक हप्ताको अन्तराल पछि सामाजिक सञ्जालमा फेसबुकमा फर्किएका छन् । सोमबार परिवारसँग होली मनाएको तस्विरहरु फेसबुकमा राख्दै उनले वितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयको रुपमा लिएको र मनमा न कसैप्रति रिस न कुनै प्रतिशोधको भावना रहेको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो ।’

अब आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्य रहेको बताए । उनले भने ‘मैले वितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाव । र, यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो । त्यसैले मेरो अनुरोध, कसैलाई गालीगलौज र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरुसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।’

उनले फेसबुकमा लेखेका छन्

नमस्कार सबैजनालाई 🙏

सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।
बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य।
साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।
र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु। 🙏
रङ्गिन र सुखमय होस जीवन!
होलीको शुभकामना सम्पुर्णमा !❤️

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!