सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न आयातमा कडाइसँगै उत्पादन बढाएर निर्यात पनि बढाउने रणनीति अन्तर्गत हिमालको पानी खाडी पठाउने तयारी गरेको छ ।

नेपालको हिमाली क्षेत्रमा रहेको मिनरल वाटरलाई प्रसोधन गरेर खाडी मुलुकमा निर्यात गर्ने लक्ष्य अनुसार सरकारले सहयोग र सहजीकरण गरिदिन लागेको हो ।

अबको १ वर्षभित्रै यो काम सक्ने र ३ वर्षपछि नियमित पानी निर्यात हुने बताइएको छ । त्यसैगरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको व्यापार घाटा न्यूनीकरण रणनीतिले विदेशमा बजार भएका नेपाली उत्पादन बढाएर निर्यात बढाउने रणनीतिको लक्ष्य रहेको छ ।

रणनीतिले सूचना प्रविधदेखि सिमेन्टसम्म निर्यात गर्नसकिने र अन्य सम्भावित उत्पादन खोजी गर्दै जाने लक्ष्य लिएको छ । रणनीतिले हाल नेपालमा आइरहेको प्रासोधित पानी निरुत्साहित गर्ने रणनीति लिएको छ। त्यसका लागि गुणस्तर र करको टुल प्रयोग गर्ने उद्देश्य लिएको छ ।

Comments

comments