जनकपुरधाम । मंगलबार जानकी मन्दिरको प्राङ्गणमा जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गरेको महामूर्ख सम्मेलनमा महामूर्ख मेयर साह सहितअन्य १३ जनालाई विभिन्न उपाधिहरु प्रदान गरिएको हो । नगरप्रमुख साहलाई महामूर्खको उपाधी स्वरुप लाटो कोसेरोको मुकुट लगाईएको थियो । सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढा शंकर, लगायतलाई हास्यास्पद उपाधी प्रदान गरिएको थियो ।
मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष होलीपर्वको अवसरमा जनकपुरधाममा माहास्यव्यंग्य सांस्कृतिककार्यक्रममहामूर्ख सम्मेलनको आयोजनागर्दै आइरहेको छ ।
प्रतिक्रिया