US Khabar
  • आत्मा सन्तुष्टीको हलो

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    आत्मा सन्तुष्टीको हलो

    दुर्गा दाहाल

    विकासको चरम सिमामा पुगेका दुनियाँका राष्ट्रहरुका सामु हाम्रो मुलुक कछुवा चालमा अगाडी बढ्दै गएको हामी राष्ट्रभक्त देशप्रेमीहरुले मनन गरि रहेका छौं । विकासको गतीलाई तिब्ररुप दिन राष्ट्रिय राजनितीको महत्वपूर्ण भूमिका रहन्छ । सच्चा नागरिक बिनाको राजनिती तरकारीमा नुन नलागेको अलिनो स्वाद भएको तरकारी जस्तो हुन्छ । नैतिक शिक्षाको गहिरो अध्ययन बेगर सच्चा नागरिकको अनुभूती सम्भव छैन । नैतिक शिक्षाको पाठ्यक्रम नेपाल सरकारले पाखा लगाई सकेको छ । नेपाललाई सच्चा नागरिकको खाँचो छ र त्यसको परिपूर्ती शिक्षाको प्रारम्भिक अवस्थाबाट नै शुरुवात हुनु जरुरी छ । सुशासनको प्रत्याभूति र राष्ट्रिय मुद्धाको निराकरण गरि जनताको न्यूनतम आवश्यकतालाई मुर्तरुप दिने काम आर्थिक दरिद्रतामा मुछिएका राजनैतिक कार्यकर्ताहरुबाट संभव छैन । मुलुकको आत्मसन्तुष्टी जुन हलोले जोतेर उर्वरा बनाउँछ त्यो हलो नै सच्चा नागरिककको अदृश्य ज्ञानको भण्डार हो ।

    मुलुकलाई आफ्नो मौलिकतामा ढाल्न रचनात्मक, सृजनात्मक र प्रगतीशिल शैक्षिक पाठ्यक्रमको तर्जुमा गरी सच्चा र सक्षम नागरिकको उत्पादन गर्न सम्भव छ ।

    बर्तमान परिपेक्षमा नेपालका राजनैतिक कार्यकर्ताहरु सपनाका उपहारहरु बाँडी रहेका छन् । कसैलाई राज्य जस्तै ( ताम्सालिङ, लिम्बुवान्, खम्बुआन ईत्यादी ) एउटा जातलाई अजात र एउटा अजातलाई जातलाई जात, कसैलाई धर्म बाँडिरहेका छन् त कसैलाई अधर्म । कसैलाई नदीनाला त कसैलाई उच्च हिमाल श्रृंखला अनि बिदेशीलाई नागरिकता । यस्तै अश्लिलता र अराजकताका पाठ्यक्रमहरु पनि बाँड्न पछि परेका छैनन् । सच्चा नागरिकको मौलिक अधिकारमाथी कुण्ठीत गर्ने कोशिष भै रहेको छ । बिबिध विषयबस्तुहरु चिरोफारोको जिम्मा त आत्म सन्तुष्टीको हलोलाई नै छ ।

    दलहरुबिच सत्ताको हानाथाप, नेताहरुमा सत्ता या टिकिरहने ध्याउन्त, सांसदहरुको किनबेच, आफ्नो स्वार्थका लागि राष्ट्रिय सम्पत्ती खर्च गरेर सांसद र मन्त्रीहरुलाई विदेश घुमाउने ईत्यादी ईत्यादी कर्मकाण्डहरुले नेपाली जनताको आत्मविश्वासमा खिया लागिसकेको छ, ईतिहासले आत्मविश्वासलाई बाँझो बनाईसकेको छ , अनगिन्ती विकृती, अन्याय, अत्याचार, भ्रष्टचार, बलत्कारको जरोलाई उखेल्न आत्मविश्वासको हलो नै प्रयोग गर्नु पर्ने अवस्था आई सकेको छ । आत्मविश्वासले जीवनमा महत्वपूर्ण स्थान ओगटेको हुन्छ । राष्ट्रको समुन्नती, शुरक्षा निती, परराष्ट नितीलाई सहि मार्गमा डोहोर्याउन र राष्ट्रघाती जीवित आत्मालाई परमधामको बाटो देखाउन आत्मविश्वासको अनौ नै समाउनु पर्ने देखिन्छ ।

    विश्वका बिभिन्न देशका राजनितीज्ञहरु भन्दा हाम्रो देशका राजनितीज्ञहरुको आत्मज्ञान र आत्मविश्वास अलि फरक भएको महशुष हुन्छ । यिनिहरुको ज्ञानमा आफैंलाई विश्वास नभएकाले औंसी र पूर्णिमामा ब्रत बसेर फलारको लागि हिन्दुस्थानको यात्र गर्छन् । त्यस्तै कारणले होला शिक्षक अनुसारका चेलाहरु विदेशमा पनि रगरगती पाईन्छ । आत्मविश्वास नभएर हलो र अनौ खोज्न नेपालकै यात्रा गर्छन, काठमाडौंका गल्ली गल्लीमा ट्याक्सी दौडाउँछन् । जेठा मन्त्री, माईला मन्त्री, साँईला मन्त्री, काईंला मन्त्री, ठाईंला मन्त्री, अन्तरे मन्त्री, जन्तरे मन्त्रीहरुको ढोका पनि बिदेशी अत्तरको बासनाले तुरुन्तै खुल्छ । भविश्यमा उत्तराधिकारीको आत्मविश्वास लिदैं आफ्नो यात्रा गर्छन् । यात्राको व्यस्तताले कान्छा मन्त्रीलाई भूल्दा तुरुन्तै आत्मविश्वासको अनौ र हलो लिएर आउन विदेश भ्रमणको चाँजो पाँजो मिलाउँछन् ।
    छमछमी बज्ने नक्कली चुरा र टकटक बज्ने नक्कली छालाको जुत्ता ब्यवार गर्ने नेताहरुले शासन गर्ने देशमा अटल आत्मविश्वास भएका नेताको खोजी गर्नु जरुरी छ । विदेशीहरुको रंगीलो चंगीलो मनमोहक वातावरण र गुरु दक्षिणामा लोभिएका नेताहरुमा कुनै आत्मविश्वास नै छैन । विचराहरु कुन गीत र संगीतमा आफ्नो आधा कम्मर हल्लाउने बिषयमा सोच्दा सोच्दै बंगालको खाडीले निमन्त्रणा पत्र पठाईसकेको हुन्छ ।

    आफ्ना सन्तान र हर सन्तानलाई धरौतीमा राखी मन मजुराको खोजीमा दिल्लीको गल्ली गल्लीमा हाम्रा नेताहरुको सावारी चल्छ । मलाई कोशी, तँलाई टनकपुर, मलाई गण्डकी, तँलाई सुस्ता आदि ईत्यादी गर्छन् विचराहरु । अवका दिनहरुमा हाम्रा दाजुभाईहरु र दिदी बहिनीहरुको राष्ट्रभक्ती शक्तीलाइ जुवाको दाउ लगाउन कोशिष गर्दैछन् । बिद्या र धर्म बिर्षेका नटुवाहरु । हामीलाई अन्तत काम लाग्दैनन् यिनीहरु । देशको भूगोल र ईतिहासमा सौदा गर्नेहरुसंग हाम्रो कुनै पनि घनिष्टता छैन । कुहिरो र बादल भित्र ठुला ठुला महल बनाउने भिकारी मन्त्रीमण्डलका सदस्यहरुले बाँडेका बिषित सपनाबाट सम्पूर्ण युवाहरु, राष्टभक्ती नेपालीहरु, बौद्धिक जगत, श्रमिकहरु, शिक्षक र भविश्यका कर्णधार बाल जगतले आत्मविश्वास गुमाई सकेका छन् । मुलुकको भविश्य के हुने हो भन्नेमा सम्पूर्ण जन मानस त्रसित छन्, हाहाकार छन् । अस्त ब्यस्त र अन्धकारमय छ । बगिरहेको पहिरोको बिचमा बसेको अनुभव गरेका छन् । जन मानसमा जाँगर छैन । आसाहरु बाँझो भै सकेका छन् । निरासको कालो बादल मडारिएको छ । मुलुक अनौ फुस्केको हलो भै सकेको छ ।

    बिदेशी ‘र’ ले मेरो मुलुकलाई ‘अ’ बनाउने कोशिष गर्दै छ । हे “शिव” मलाई बचाउ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">