US Khabar

क्वारेन्टाईनमा रहेका अर्का ब्यक्ती पनि झुण्डीएको अवस्थामा मृत फेला

- Admin | ३ वर्ष पहिले प्रकाशित

क्वारेन्टाईनमा रहेका अर्का ब्यक्ती पनि झुण्डीएको अवस्थामा मृत फेला

क्वारेन्टाइनमा बसेका युवा झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । लमजुङको क्व्होलासोंथर गाउँपालिका स्थीत बुद्धोदय माविको क्वारेन्टाइनमा रहेका २३ वर्षीय युवराज घर्ती गएराती झुण्डीएको अवस्थामा मृत फेला परेका हुन् ।

असार ३१ गते बुटवलवाट घर आएका उनि हिजै मात्र क्वारेन्टाईनमा बस्न गएका थिए । दिउँसो क्वारेन्टाईनमा राखीएका उनि राती झुण्डीएको अवस्थामा फेला परेका हुन् । क्वारेन्टाइनमा उनिमात्र बसेकाले उनि आफैंले आत्महत्या गरिएको देखिएपनि उनको मृत्युबारे थप अनुसन्धान सुरु गरिएको छ ।

यस अघि पनि सन्धिखर्कको क्वारेन्टाईनमा ४५ बर्षिय पुरुष पनि झुण्डीएको अवस्थामा मृत फेला परेका थिए मृत्युपछि उनमा कोरोना संक्रमण रहेको पुष्टी भएको थियो भने सुर्खेतको क्वारेन्टाईबाट नेगेटिभ रिपोर्ट लिएर घर फर्किएकी २५ युवतीले पनि झुण्डीएर आत्महत्या गरेकी थिईन । मृत्यु पछिको परिक्षणमा उनमा पनि कोरोना पुष्टी भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!