एजेन्सी- मान्छेका इच्छा पनि अचम्मका हुन्छन् । यस्तो इच्छापूर्ति गर्न कसैले ठुलो जोखिम मोल्न पनि तयार हुन्छन् । यसै सन्दर्भमा एक युवतीले केवल सेल्फी खिच्नकै लागि आफ्नो ज्यान जोखिममा राखेकी छिन् ।

रुसी २३ बर्षीय मोडल विक्टोरिया ओदिन्त्कोवाले फोटो खिच्नका लागि दिएको पोजहेर्दा आङ नै सिरिङ हुन्छ । उनी फोटो खिच्ने क्रममा हजार फिट अग्लो बिल्डिङको बाहिरपट्टि गइन । त्यो पनि सुरक्षाका साधन बिनानै । उनलाई त्यो बेला अरु कुनै सोच नै आएन मात्र फोटो राम्रो हुनुपर्‍यो ।

ओदिन्त्कोवाले यस्तो जोखिम मोलेर फोटो खिच्दा एक साथीले साथ दिएका थिए । उनका यी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् । यी तस्वीरले तरंगित उनका फ्यानले फोटोकै लागि ज्यानै जोखिममा राख्नु राम्रो नहुने बताएका छन् ।

 

Comments

comments