नेपाली लोक गीतको क्षेत्रमा मौलिकतालाई स्थापित गर्दै आएका बरिष्ठ गायक राम प्रसाद खनालले आफ्नो नयाँ गीत नेपालबाट सार्वजनिक गरेका छन् । लामो समयदेखी अमेरिकामा रहँदै आएका गायक खनालले नेपाल गएर शुक्रबार भिडियो सहित आफ्नो नयाँ पञ्चेबाजा गीत दुलाहा दुलही भिडियो सहित सार्वजनिक गरेका हुन् ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको प्रस्तुती गायक खनालको दुलाहा दुलहीमा गायक खनाल र गायिका पूर्णकला बिसीको स्वर रहेको छ । गायक खनालले नै लेखेको यस गीतमा थानेश्वर गौतमको संगीत रहेको छ भने संगीत संयोजन आशिष अविरलको रहेको छ ।

बिबाहमा गएका जन्ती र माईतीपक्ष बिचको दोहोरीका रुपमा प्रस्तुत गरिएको यस गीतमा नव विवाहित दम्पत्तीको प्रशंसा गरिएको छ । संकर बिसी र गायक खनाल स्वयंको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा किरण केसी, शिवहरी पौड्याल, रामप्रसाद खनाल, शंकर बिसी, करिश्मा ढकाल, समिक्षा बिसी लगायतको अभिनय रहेको छ भने भिडियोलाई दुर्गा पौडेलको छायांकन र नविन घर्तीको सम्पादन रहेको छ ।

गायक राम प्रसाद खनालकै आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियो सार्वजनिकसंगै गायक खनालले १ लाख पुरस्कारको पनि घोषणा गरेका छन् । उनले आफ्नो युटुव च्यानल सस्क्राईब गर्नेहरुलाई यो पुरस्कार दिने भएका हुन् । खनालले च्यानल सस्क्राईब गर्ने दर्शक मध्यवाट लक्की ड्र मार्फत ३ जनालाई प्रथम, द्वितिय र त्रितियलाई पचास हजार, तिस हजार, बिस हजार पुरस्कार प्रदान गर्ने बताएका छन् । उनयो यो पुरस्कार च्यानलको सस्क्राईबर १ लाख पुग्नासाथ पुरस्कारको प्रकृयामा जाने बताएका छन् ।

Comments

comments