गीतकार लोकराज अधिकारीको यो बर्षको तीज गीत सार्वजनिक भएको छ । अर्जुन पोख्रेलको संगीत तथा समिक्षा समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको गीतकार अधिकारीको ‘आयो तिज’ बोलको गीत युटुव मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।
दाजु बहिनी, बाउ छोरी र प्रेमी प्रेमिका बिचको सम्बन्धलाई तीजको महत्वसंग जोडेर तयार पारिएको यस गीतको भिडियोलाई त्रिशा केसीले गरेकी हुन् । तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा नम्रता सापकोटा, रोहबिन पोख्रेल, बालकलाकार अकेशा पोख्रेल र उजेश न्यौपाने को अभिनय रहेको छ । बाल कलाकार अकेशा रोहबिन पोख्रेलकी छोरी हुन् । तसर्थ यस भिडियोमा बाबु छोरी दुवैको अभिनय र नृत्य देख्न सकिन्छ ।
‘तिम्ले पराइ ठानेपछी’ ‘मर्छु बरु छट्पटीमा’ ‘रुपै मोहनी’ ‘बाजा बजाउदै’ लगायत दर्जनौ लोकप्रिय गीतका गीतकार हुन् लोकराज अधिकारी । यस अघिका तीजमा अघि ‘जसो परेपर्ला’ ‘घन्किदे मादलु’ ‘रे पटम भरर’ ‘नाच चेली’ ‘आमाले पकाएको दर’ लगायतका गीतहरुबाट प्रसंसा बटुलेका गीतकार अधिकारी नेपाली सुगम संगीत र चलचित्र गीत संगीतमा पनि स्थापित गीतकार हुन । यो बर्षको सार्वजिनक गीत ‘आयो तिज’मा चेली माईतीको सम्बधलाई जोडेका उनको भिडियो निर्देशन पनि उनकै जिल्लावासी दाङकी त्रिशा केसीले गरेकी छन् ।
प्रतिक्रिया