नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।

विद्यार्थीले आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरेका हुन् । परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले अरोप लगाएका छन् ।

उनका अनुसार पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरिएतापनि पदाधिकारीले बेवास्ता गरि अहिले अन्तर्वार्ता लिइरहेकाले दबाव स्वरुप तालाबन्दी गरिएको हो ।

गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन बसिरहेका छन् ।

Comments

comments