अमेरिकाको कोलाराडोमा रहेका नपाली महिलाहरुको समुह दिदीबहिनी समुह कोलोराडोले बनभोज कार्यक्रम सम्पन्न गरेको छ । आपसी सद्भाव र आत्मियताका रुपमा आयोजित यस बनभोज कार्यक्रम कोलोराडो स्थित चेरीपार्क थ्रोन्टनमा शनिबार सम्पन्न भएको हो ।

नेपाली महिलाहरुबिच संगठन र बालबालिकामा आफ्नो संस्कृती हस्तान्तरणको उदेश्यले आयोजित यस पारिवारिक बनभोज कार्यक्रममा नाच गान र बिभिन्न खेलहरुबाट तप मनोरञ्जन प्रदान गरिएको थियो ।

नेपालबाट दुर देश अमेरिकामा रहेका महिलाहरुपनि आपसमा संगठीत हुन सके एक अर्काको गाह्रो अप्ठेरो र समस्यामा सहयोग आदान प्रदानको बातावरण बन्न सक्ने महशुषले गठन गरिएको दिदी बहिनी समुह कोलोराडोको बनभोज कार्यक्रममा सो क्षेत्रमा महिला तथा बालबालिका र स्थानीय संघ संस्थाका प्रतिनधि, बुद्धीजिवी, ब्यवसाही, पत्रकार, कलाकार तथा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यो समुहले यस अघि पनि यस प्रकारका सामाजिक तथा सास्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।
समुहका दिदी बहिनीहरुले आ आफ्नो घरमा तयार बनाएर ल्याईएका नेपाली खानाका परिकारहरु संगै नेपाली मौलिक गीतमा रमाईरहेका बालबालिका,महिला र पुरुषहरुले चम्चा गुच्चा खेल, भलीबल प्रतियोगिता लगायतका खेलहरु खेल्दै रमाईरहेको दृश्य आकर्षक देखिन्थ्यो ।

 

 

Comments

comments