अमेरिकी दूतावास युवा परिषद्को एउटा समूहले अछामका स्कुले किशोर किशोरीलाई भेटेर महिनावारी स्वास्थ्य, समूह निर्माण, तथा आत्म रक्षाका बिषयमा अन्तरकृया गरेका छन् । सामुदायिक परियोजनाको क्रममा अछाम जिल्लाको साँफेबगर नगरपालिका-१ स्थित बाबला गाउँमा रहेको राष्ट्रिय माद्यामिक विद्यालय पुगेर युवा परिषद् टोलीले बिद्यार्थीहरुसंग चेतनामुलक अन्तरकृया गरेको हो ।

पूर्व मिस नेपाल श्रृंखला खतिवडा समेत सहभागिता यस कार्यक्रममा कार्यक्रममा बिद्यालयका किशोर किशोरी र शिक्षकसंग छाउपडी (महिनावारीका बेला घरबाहिर राखिने चलन), तथा विभिन्न भेदभावको बारे चेतना उनिहरुको धारणा सहित यसको बारेमा परामर्ष र चेतनामुलक छलफल गरिएको थियो ।

टोलीले बद्यार्थीहरुसंग रमाईला खेलहरु समेत खेलेको थियो ।

तस्विर: अमेरिकन दुतावास

Comments

comments