बिबेक चन्द ठकुरी

 

‘नेपाल’ यो देशको त्यति ठुलो परिचय त छैन भन्नुको अर्थ नेपाल भन्ने देशको परिचय बिभिन्न कोण बाट अथाहा होला तर मैले यहॉ त्यती साह्रै गहीरिएर दिने प्रयास गरीन । पृथ्वीको दक्षिण भागमा पर्ने यो देश प्राकृतिक रुपमा अत्यन्तै सुन्दर छ । यो देश कला र कृतिको अनुपम संगम भएको देश हो । भौगोलीक हिसाबमा र यो देशलाई नक्सामा उतार्दा पनी अत्यन्तै सुन्दर छ, तर यति सुन्दर र रुपवत देश भित्र हुने बिभिन्न कार्यलयका सरकारी कृयाकलापका कुरुप पाटाहरुको श्रृखला प्रस्तुत गर्दै छु ।

भन-सुन नं. १-: लेखकलाई १० कक्षा सम्म पढ्दा अर्थात गॉऊ-घर र स्कुले जिवनमा त्यति साह्रै भन-सुन गर्नु परेको कुनै अन्दाज छैन । जव क्यामस पढ्न गईयो पढाई संगै फुर्सदको समय मोटर साईकल चलाउन मन लाग्यो, त्यो समय काठ्माण्डौ उपत्यका र देशका केही सहरहरुमा बाहेक आजकालको जस्तो जताततै मान्छेका हातहातमा मोटरसाईकल र मोबाईलको जमाना थिएन । मेरो ठॉउमा त फाट्टफुट्ट केही धनाड्य बर्ग भनिनेहरुले मात्रै चढ्द थिए । मेरो पनि त्यो बेला मोटरसाईकल चढ्नै नसक्ने हैसियत त होईन तर यस सम्बन्धीको ज्ञान-सिप, सडक तथा सहरी सुबिधाको कमी र अपरिपक्व उमेरले छेकेको थियो वास्तवमै भन्नु पर्दा, जव ३ महिना लगाएर ज्ञान-सिप र छोटै भएपनी अनुभव बटुले र लाग्यो हातमा लाईसेन्स भन्ने एउटा सानो कागज हुनै पर्छ, त्यस बारेका सबै कुरा र प्रकृया अग्रजहरुलाई सोधपुछ गरी बुझें र ‘यातायात ब्यवस्था बिभागको कार्यलय भेरी अन्चल’ (बॉके,नेपालगन्ज) मा लाईसेन्स भन्ने कागजी चिर्कट्टो लिने भनी फारम बुझाए ।

२०६१/०२/१० गते लिखित परिक्षा लिईयो १५ गते ट्रायल र अन्तरबार्ता भयो सबै परिक्षा पास गरे पनी मलाई ‘A’ र ‘B’ क्याटोगरीको लाईसेन्स दिन नमिल्ले भन्ने बिषयमा त्यहॉका तत्कालीन ट्रायल परिक्षा र अन्तरबार्ताका परिक्षक प्रमुख तत्कालीन प्रहरीका डिएसपी ले निहु खोजे, मैले ‘भन-सुन’ भन्ने सुत्र जिवनमा पहिलो चोटी प्रयोग गरे । एकजना दाजु हुनुहुन्थ्यो नेपाली सेनामा ईन्टेलीजेन्स अधिकृत उहॉलाई भन्न लगाएको, अघी सम्म के-के नियम र कानुका कुरा छॉटेका डिएसपीले भर्खरै मेरै अगाडी ह्यायाऽऽऽऽऽ सरकार हजुरको भाई भन्ने पहिलानै भन्नु पर्थ्यो नि ल ल भै हाल्छ नी भनेर प्रबेस पत्रको चिटमा A र B दुबै पास भनि लेखेर दिए, अँझ उल्टै म र दाजुलाई चिसो-तातो केही लिऊ ‘सरकार’ भनि निकै औपचारीक आथित्य प्रकट गरे । मेरा दाजु संगको निकै गहिरो दोस्ति रहेछ क्यारे उनको ‘सरकार’ भनी सम्बोधन गर्दथिए । घुसपिस र भ्रष्टाचारमा सेनाले भित्रभित्रै के गर्छन कुन्नी, बाहीर देखाओटी तरिकाले कसैको एक रुपैंयॉ लिदैनन् रे ! भन्ने सुनेको मैले, तिनै सैनिक मेरा दाजुले ति घुस्या डिएसपीले दिएको चिसो-तातो के खान्थे भन्ने लाग्यो मलाई, हप्ता दश दिनमा लाईसेन्स लिने डेट लिई दाजु भाई फर्कियौ ।

भन-सुन नं. २ -: नेपाल टेलीकमीनीकेसनले मोबाईल फोनको सेवा सुचारु गरेको केही समय बितेको थियो । मलाई पनी हातमा एउटा हेल्लो भन्ने मोबाईल फोन मेरा भिनाजु बाट उपहार मिलिहाल्यो । मोबाईल त पाईयो, समस्या पर्यो सिम कार्डको, नेपालमा भर्खरै मात्र सेवा सुचारु गरेको मोबाईल सेट पाउनै गाह्रो, अाजभोली अत्यन्तै सामान्य लाग्ने रिंग टोन नै चिचि गर्ने मोबाईल सेट १० हजार माथिका हुन्थे । अहिलेका पुस्ताले स्मार्टफोन र आईफोन बोक्छन, आजकालत बजारबाटै लोप भैसकेका र अति दुर्लभ मानिने ति मोबाईलको नामै चिचि वा टिकटिके भन्ने गर्या सुन्छु । त्यो बेला मेरो मोट्रोलाको रंगीन सेट अरुका सामु भिआईपी नै देखिन्थ्यो । सानका लागी बिना सिम पनी कति पटक कान तिर टॉसेर दुनियालाई देखाएको थिए । अहिले सम्झिदा पनी त्यसै लाजले पानी-पानी हुन्छु र कता कता हॉसो पनी उठ्छ गॉठे । अब सिम लिनको आपत, रात बिरात खाईनखाई मान्छेहरु लाईन बसेको देखि रहेको मलाई एक जना शाखा अधिकृत तहको मान्छेको सिफारीसमा फारम भरी बडो कस्टका साथ ९८४१५५… नं. को सिमकार्ड हात पारेको त्यहॉको ‘भन-सुन’ को फेरहस्ती अली लामै छ । पाठक मित्रहरु यति बुझ्नुहोला की बिना ‘भन-सुन’ पक्कै म जस्तो अति सामान्य मान्छेले त्यो बेला सिम कार्ड लिईन होला । यसरी दुनिया ‘भन-सुन’ को सिकार भै लिएको मोबाईल बाट घर-परिवार, साथी-भाई र ठिटीहरुलाई फोन गर्ने, फोन नंबर लिने-दिने गरेको मेरो फुस्रो तुजुकको कुरा गर्यो भने अर्को छुट्टै लेख बन्छ हैटऽऽऽऽ त्यो त नगरौ होला ।

भन-सुन नं. ३-: यो श्रृखला राहधानी बनाउदाको हो । तत्कालीन बिद्रोही माओबादी द्वारा लगभग अधिराज्यभरका पुरै जिल्ला र स्थानिय तह कब्जा गरीसकेको अवस्था थियो । दुर्भाग्य नै भन्नु पर्ला मैले नागरीकता लिएको जिल्लाको जिल्ला प्रशासन कार्यलयमा पनि बम पड्काएर भवन पुरै क्षतिग्रस्त भएको र सम्पुर्ण रेकर्डका कागजात पनि जलाई दिएकाले राजधानी उपत्यकाकै ललितपुर जिल्ला बाट त्यहॉको सेवा उपलब्ध गराईएको थियो । सरकारी नियम कानुनमा अत्यन्तै सरल र सहज लाग्ने, हरेक क्षेत्रमा अति सामान्य नागरीकहरुको पनी सहज पहुँच पुग्ने भनिएपनी ब्याबहारीकत यो अत्यन्तै कठिन छ । देशका नागरीक अझैं पनी नागरीकता लिन बाट बन्चित कति-कति रहेछन भन्ने कुरा बिगतमा नागरीकता बितरणको घुम्ति टोलीले हजारौको संख्यामा नागरीकता बितरण गरीनुले पनी छर्लंगै हुन्छ । अझै पनी यस्ता आधारभुत सेवा सुबिधा बाट बन्चित सामान्य नागरीक कति छन कति ? त्यस्तै मैले ललितपुर जिल्लाबाट २०६२/०३/२६ गते (३५३१७४७) नं. को राहधानी लिन मेरा मावली दाजु तत्कालिन डोल्पा जिल्ला कृर्षी बिकास कार्यलयका अधिकृतलाई लगाउनुपरेको सोर्सफोर्स तथा ‘भन-सुन’ पनी अचम्मकै थियो । बल्ल-बल्ल दाजुकै ब्याजका एकजना ललितपुर जिल्लाकै जिल्ला खानेपानी कार्यलयका हाकीमलाई फोन गर्न लगाई, मेरो निबेदनमा सिफारीस दस्तखत गरीदिए र आफ्नो आईडी कार्डको एक प्रति फोटो कपी पनी दिए । उता जिल्ला प्रशासन कार्यलयमा यतिले पनी नपुगेर कार्यलय टु कार्यलय फोन नै गराउनु परेको अवस्थाले बिकट गॉउमा भारी बोकी गुजारा गर्ने अनपढ दाजुभाई दिदीबहिनीले यस्तो सेवा कहॉ पाऊन ?सम्झीदा पनी कहाली लाग्छ ।

धन्य अझैं हामी मुर्ख नेपाली भारतको केही बैगुण सम्झी भारतिय नाका कडाई गर्ने र भारत नेपाल आवत जावत गर्न पासपोर्ट वा अन्य केही आधीकारीक तथा महत्वपुर्ण कागजातको ब्यबस्था गरौ भनी उफ्री रहदा सोच्दैनौ की यसरी पासपोर्ट बनाउन र नागरीकता लिन सहज पहुँच नपुगेका गरीब नेपालीहरु सहजै भारत प्रबेश गरी ज्याला मजदुरी बाट आफ्नो र घरपरिवारको पेट पालेका छन भन्ने ।

भन-सुन नं. ४-: जापान बाट मेरा मित्रले यता आउदा कागजको लाईसेन्स नल्याउनु, सकभर स्मार्ट लाईसेन्स भए राम्रो हुन्छ, मिले सम्म स्मार्ट लाईसेन्सनै बनाउनु भनेकाले फुर्सदीलो म ललितपुरको एकान्तकुनातिर कुदी हाले । स्मार्ट लाईसेन्सको सिस्टम बसेपछी पहिलेको जस्तो भिडभाड, भद्रगोल र दलालहरुबाट ठगीने नियतिमा नब्बे प्रतिसतनै कमी भएको महसुस गरे मैले । टेक्नोलोजीको जमानामा यातायात ब्यबस्था बिभाग ललितपुरमा गरेको सरकारी कामकाजको यो द्रुत्तताको मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ । फटाफट मेरो काम पनी रित पुर्बक भयो तर स्मार्ट लाईसेन्स प्रिन्ट भएर आउन छिटोमा छ महिना नत्र नौ महिना देखी एक बर्ष लाग्ने भने पछी मलाई अर्को निरासाले चुर्लुम्मै डुबाएन मात्रैकी फेरी ‘भन-सुन’ को सिकार बन्ने निर्णयमा पुर्यायो । यसो मोबाई नंबर हेरेको एकजना मन्त्रालयतिरका साथीको याद आयो, कल गरी हेरे, उता बाट जवाफमा, मैले भनेको भन्नु सिधै त्यहॉको प्रमुखलाई भेटेर कुरा गर्नु हप्ता दिनमा बनाईदिन्छ भन्ने आयो र त्यहॉका प्रमुखको नाम नंबरै उपलब्ध भयो । यसो सोचे! होईन ‘भन-सुनकै’ भरमा साला यो जिन्दगी जाने भयोत भन्ने लाग्यो ।

३८ औं बशन्त पार गर्दै गर्दा कतिपटक ‘भन-सुन’ गरीएछ त भनेको यति पटक-उति पटक भन्ने हिसाबको शेषमा त जिबन नै भन-सुनको भरमा चलेकोपो देखायो बाऽऽऽऽ ! एक छिन वरीपरी अधेरै देखे सोचे-सोचे ऑखा खोल्दा झरी बर्षात भएको थियो । अघिको भन-सुनको सुत्र प्रयोग नगरीकनै कार्यलय प्रमुखलाई भेटे के छ सर उपाय छिट्टै चाहिएको थियो लाईसेन्स भनेको फेरी भन-सुनकै अर्को सुत्र दिए बिदेशको भिषा र टिकेट ल्याउनुहोस भन्ने । अहिलेको जमानाका नेपालीको हातमा भिषा कसको नहोला ? हवस!! टिकेट पर्सि बुक गराएर आउछु भनी त्यहॉ बाट निस्कीए । अहिले ट्राभलतिर टिकेटको भन-सुन गर्दै छु ।

‘भन-सुनका’ भरमा चलेको मेरो देश, ‘भनसुनकै भरमा चलेको मेरो जिन्दगी धन्य छ । यमराजलाई पनि ‘भन-सुन’ गर्दिने मान्छे पाए त्यता पनी भन-सुन गर्न मन छ । मिले सम्म भन-सुन गरेर भएपनी पनी अझैं जिउन मन छ, अबऽऽऽऽ थोह्रै बहुतऽऽऽऽ भन-सुनकै लागी । धन्यबाद !!!

 

Comments

comments