US Khabar

कोराना पुष्टी भएकी भारतिय अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी अस्पताल भर्ना

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोराना पुष्टी भएकी भारतिय अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी अस्पताल भर्ना

चर्चित भारतिय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टी भएका उनिहरुको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

ऐश्वर्याका श्रीमान् अभिनेता अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनलाई गत साता कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । आईतबार आइतबार कोरोना सङ्क्रमण पुष्टि भएकी अभिनेत्री ऐश्वर्या र उनकी छोरी आराध्या घरमै क्वरेन्टीनमा बसेका थिए ।
गएराती उनिहरुको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । भारतिय सञ्चार माध्ययमका अनुसार अहिले आमा छोरीको स्वास्थ्य सामान्य रहेको छ ।

भारतमा अहिलेसम्म २६ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणको कारण ज्यान गुमाई सकेका छन् भने संक्रमितको संख्या १० लाख ३८ हजार भन्दा बढि रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!