यहि जुन २२ तारिख देखी अमेरिकाको डिसी महानगर क्षेत्रमा हुने सप्ताह महापुराणको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली अमेरिकन सामुदायिक भवन (केन्द्र) निर्माणार्थ जुन २२ देखी जुन २९ तारिख सम्म चल्ने यस सप्ताह महापुराणको करि करिव पुरा भै सकेको आयोजक कमिटीले बताएको हो ।

साढे दुई मिलियन रकम उठ्ने लक्ष्य राखिएको यस महापुराण सफल बनाउन १२ सय भन्दा बढि सदस्यीय मूल समारोह समिति निर्माण भएको छ भने सबैला आ आफ्नो जिम्मेवारीलाई कुशल रुपमा निर्वाह गरिरहेका छन् ।

वाचन प्रवीण पण्डित दिन बन्धु पोखरेल द्वारा बाचन हुने यस सप्ताह माहापुराणका लागि पण्डीत पोख्रले अमेरिका आईपुगेका छन् भने उनका सहयोगीका रुपमा पण्डित खडानन्द सापकोटा पनि नेपालबाट आएका छन् ।

सबै जुटौ ,सबै उठौं ,यस महाअभियानमा कोही पनि नछुटौ भन्ने मूल नारा सहित हुने लागेको यस सप्ताह महापुराणलाई लिएर डिसी क्षेत्रमा नेपालीहरु अत्यन्त उत्साहित छन् ।

महापुराण सप्ताहको पहिलो दिन अर्थात २२ तारिकका दिन बृहत कलश यात्राको आयोजना गरिएको छ भने २३ तारिखबाट औपचारिक रुपमा सप्ताह स्रवण सुरु हुनेछ ।

 

 

 

Comments

comments