अमेरिकाको न्युयोर्कमा ‘वर्ल्ड युएसए नेपाल म्युजिक अवार्ड  २०१९’ हुने भएको छ । नेपाली गीत संगीतको प्रवद्धन र संगीतकर्मीको सम्मान स्वरुप आगामी नोभेम्बर २३ का दिन न्युयोर्कमा यस अवार्डको आयोजना हुने भएको हो ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा हुन लागेको यस अवार्डमा उत्कृष्ट पार्श्व गीत (पुरुष र महिला), भाषाभाषीका चलचित्रका गीत (पुरुष र महिला), आधुनिक गीत (पुरुष र महिला), लोक दोहोरी गीत (पुरुष र महिला), लोक गीत (पुरुष र महिला), गीतकार, संगीतकार, म्युजिक भिडियो निर्देशन, संगीत संयोजन, लोपन्मुख गीत (पुरुष र महिला), पप गीत(पुरुष र महिला), लोक गीत लय संकलक र म्युजिक भिडियो मोडल (पुरुष र महिला) गरी १३ विधामा अवार्ड  प्रदान गरिने छ ।

सेप्टेम्बर १ गतेदेखि १५ गतेसम्म ५ जना राष्ट्रिय ख्याति प्राप्त कलाकारलाई निर्णायकको रुपमा छनौट गरिने यस अवार्डमा सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट  १० मा परेका प्रतिभाहरूलाई निर्णायकको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन्। अवार्डमा अनलाइन तथा प्रत्यक्ष फर्म भरेर सहभागिता जनाउन सकिनेछ। फर्म यही जुन २१ देखि अगस्ट ३० सम्म दर्ता गराउन सकिने आयोजकले जनाएको छ।

 

Comments

comments