ब्यबसायिक रुपमा अत्याधिक सफल मानिएको नेपाली चलचित्र होस्टेलको तेस्रो संस्करण होस्टेल ब्याक अगेनका लागी अमेरिकामा कास्टिंग कलको आह्वान गरिएको छ । विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तरराष्ट्रिय बिद्यार्थीका कथा समेटिएको यस चलचित्रको कथा अमेरिकाको सेरोफेरोमा केन्द्रित भएकाले अमेरिकामा नै कास्टिंग कलको आह्वान गरिएको हो ।

दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुने होस्टेल ब्याक अगेनको छायांकन अमेरिकामा नै गरिने छ । यसै चलचित्र मार्फत नेपालका सफल चलचित्र निर्माता सुनिल रावल निर्देशनमा डेब्यू गर्ने भएका छन् । चलचित्रमा रावल स्वयंको कथा रहने छ भने पटकथा र संवाद रायन राईको रहने छ ।

आउँदो अगष्टबाट छायाँकन सुरु हुने गरिने यस चलचित्रको लागि अगष्ट १५ सम्म आवेदन दिन सकिने छ । ईच्छुक आबेदन कर्ताले [email protected] मा आफ्नो आबेदन दिन सक्नेछन।

 

Comments

comments