काठमाडौं- पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केहि बेर अघिदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भइरहेको छ ।

आज हुने भेटमा लोकसेवा आयोगको विज्ञापन खारेज नगर्ने सरकारको अडान, पार्टीको कार्यविभाजनमा भइरहेको ढिलाइ, सचिवालयको बैठक आह्वानलगायत विषयमा कुरा हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यो भेट पछिल्लो समय दुई अध्यक्षबीच देखिएको चिसोपनको कारण र त्यो चिसोपन हटाउन आ-आफ्नो तर्फबाट खेल्नु पर्ने भूमिकाबारे केन्द्रीत हुने स्रोतले बतायो ।

Comments

comments