US Khabar

क्वारेन्टाईनमा बस्दै आएका अर्का ब्यक्तीको पनि मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

क्वारेन्टाईनमा बस्दै आएका अर्का ब्यक्तीको पनि मृत्यु

पर्वतको पैयुँ गाउँपालिकामा क्वारेन्टाईनमा बस्दै आएका  एक जना पुरुषको मृत्यु भएको छ । पैयुँ गाउँपालिकास्थित सामुदायिक क्वारेन्टिनमा बस्दै आएका पैयुँ गाउँपालिका–६ का ५२ वर्षीय यामबहादुर भारतीको शुक्रबार राती मृत्यु भएको हो ।

असार पहिलो साता भारतबाट फर्किएका यामबहादुरलाई २४ गते उक्त क्वारेन्टिनमा पठाईएको थियो । पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि भोली अर्थात आईतबार घर फर्कने तयारीमा रहेका उनको मृत्यु भएको हो ।

घर फर्कने तयारीमा रहेका उनको स्वास्थ्य गम्भिर बनेपछि उनलाई राति नै गण्डकी अस्पताल पोखरा लगिएको केही बेरमा नै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

मृत कयम बहादुरको मृत्यु पछि पुन स्वाबको नमुना परिक्षणका लागि पठाईएको छ ।

यस अघि बागलुङको ढोरपाटनमा रहेको क्वारेन्टिनमा बस्दै आएका २९ वर्षीय युवकको पनि मृत्यु भएको थियो भने बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ मा रहेको क्वारेन्टीनमा बसेकी ६५ वर्षीय बृद्धाको पनि मृत्यु भएको थियो ।

त्यस्तै बैतडी क्वारेन्टाईनमा २२ वर्षीया सुनिता लुहार, पाल्पाको युनाइटेड मिसन अस्पताल तानसेनको आइसोलेसनमा उपचाररत ४६ वर्षीय रामबहादुर दिशा मगर, बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेकी २ बर्षिया बालिका लगायतको पनि क्वारेन्टाईमा नै रहेका बेला मृत्यु भएको थियो । मृृतु पछि उनिहरुको कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!