काठमाडौं- पछिल्लो समय ग्राहकको मन जित्नलाई नेपाल टेलिकमले विभिन्न अफरहरु ल्याउने गरेको छ । यसैलाई निरन्तरता दिंदै फेरी अहिले अर्को नयाँ योजना थपेको छ ।

यस योजना अन्तर्गत टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्न पाइने छ । आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो ।

अनलिमिटेड वान आवर प्याक नाम दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने । इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ। अथवा *१५१५* ८# डायल गरी यो सेवा लिन सकिन्छ ।

Comments

comments