गायक नारायण थापाको आजकल मुना मदन गीत सार्वजनिक भएको छ । बरिष्ठ गीतकार रिजालको शब्द र शिखर सन्तोषको संगीत रहेको यस गीत भिडियो सहित सार्वजनिक भएको हो ।

परदेश जाने युवाहरुको बिग्रदो बैवाहिक जिन्दगी र सामाजिक यथार्थलाई चित्रण गरिएको यस गीतमा सागर लम्साल, बेनिसा हमाल, सुरविर पण्डित, सुस्मीता अधिकारी,लोमस पौडेल, मनोज वली, पवित्रा घले गुरुङ, सुस्मीता बुढाथोकी र लोक मिश्रको अभिनय रहेको छ ।

युवराज वईवाको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन रहेको छ ।

 

 

Comments

comments