अमेरिकाको वासिङ्टन राज्यको शियाटलमा व्यवसायीक सेमिनार हुने भएको छ । अमेरिकामा रहेका नेपाली व्यापारी तथा व्यवसायी र अमेरिकाको बजार लक्षित व्यापार व्यवसायमा संलग्न नेपालका व्यापारी व्यवसायीको सहभागीतामा आगामी जुलाई २६ का दिन शियाटलमा बृहत व्यवसायीक सेमिनार हुने भएको हो ।

विजनेश कोलावोरेशन प्रोगाम नामक यस सेमिनार मुख्य ३ उद्देश्यमा केन्द्रीत हुने बताईएको छ । जसमा अमेरिकामा रहेका नेपाली व्यापारी व्यवसायीलाई यहाँका सम्बन्धित सरकारी अधिकारीहरु मार्फत विभिन्न व्यवसायीक पक्षका बारेमा जानकारी गराउने, दोस्रो अमेरिकाले नेपाललाई उपलब्ध गराएको कर रहीत वस्तुहरुबारे जानकारी गराउदैं त्यस्ता वस्तुहरु भित्राउन तथा नेपालवाट पठाउन व्यवसायीहरुलाई आह्वान गर्ने र तेस्रो भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराउदैं बढी भन्दा बढी अमेरिकावाट पर्यटक नेपाल पठाउनका लागि सन्देश प्रवाह गर्नुका साथैं नेपालमा लगानी गर्नका लागि समेत आह्वान गर्ने लक्ष्य रहेको छ ।

वासिङ्टन राज्यका लागि अवैतनिक वाणिज्य दुत एसी शेर्पाको पहलमा हुन लागेको यस सेमिनारमा नेपाल सरकारको तर्फवाट अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, वासिङ्टन राज्यका गर्भनर जे इन्स्लिी, मिस नेपाल अनुश्का श्रेष्ठ, गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लगायत अमेरिकामा विभिन्न क्षेत्रका सरकारी अधिकारीहरु, नेपाली व्यापारी व्यवसायीहरुको सहभागिता रहने बताइएको छ ।

 

Comments

comments