US Khabar

अमेरिकाकै १६ औं ठूलो बैंक सिलिकन डुब्यो, ४० वर्षको यात्रा समाप्त

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

अमेरिकाकै १६ औं ठूलो बैंक सिलिकन डुब्यो, ४० वर्षको यात्रा समाप्त

अमेरिकामा सञ्चालीत सिलिकन भ्याली बैंक एसभीबी बन्द भएको छ । अमेरिकाकै १६ औं ठूलो बैंक डुबे सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिएका छन् । नियमनकारी निकायले अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंकलाई बन्द गराएको हो । पूँजी संकटले अमेरिकी इतिहासमानै वित्तीय संस्था धराशायी भएको यो दोस्रो ठूलो घटना हो। यसअघि सन् २००८ को वित्तीय संकटपछि वाशिंगटन म्युचुअल असफल भएको थियो । बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेको थिएन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एसभीबीमा २ लाख ५० हजार अमेरिकी डलरसम्म निक्षेप भएका निक्षेपकर्ताहरू भने सुरक्षित छन् ।

अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन एफडीआईसीले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गरेको हुन्छ। बैंक डुबे पनि दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप बिमा कम्पनीले फिर्ता दिन्छ । सन् १९८३ मा स्थापित, बैंक लामो समयदेखि अमेरिकामा आइटी कम्पनीलाई ऋण दिने क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो । क्रिप्टो फर्महरुलाई दिएको कर्जा र पछिल्लो समय बढेको ब्याजदर तथा क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुब्ने स्थितिमा आएको हो । बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!