आज जून २१ तारिख । आजबाट सूर्य दक्षिणतिर लाग्ने भएकाले नेपाल लगायत उत्तरी गोलार्द्धमा रहेका मुलुकमा आजको दिन वर्षभरीकै सर्वाधिक लामो हुनेछ ।

सामान्यतयास् आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुनेछ । ९० अंशमा पर्दा दिन र रात बराबर हुन्छ भने २३ डिग्री चार मिनेटमा पर्दा उत्तरी गोलार्द्धमा दिन लामो हुने र दक्षिणी गोलार्द्धमा रात लामो हुने हुन्छ । आज सुर्य र पृथ्वी २३ डिग्री चार मिनेटमा पर्छ नेपाल पृथ्वीको उत्तरी गोलार्द्धमा पर्ने हुँदा नेपालमा आज दिन वर्षकै लामो हुने र अस्ट्रेलिया लगायत दक्षिणी गोलार्द्धमा आज दिन वर्षकै छोटो हुने हुन्छ ।

भोलिदेखि क्रमिक रुपमा दिन छोटो र रात लामो हुँदै जानेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया आजको दिन लामो हुन्छ ।

Comments

comments