US Khabar

समाचार बाचक

- Admin | ३ वर्ष पहिले प्रकाशित

समाचार बाचक

भूपेन्द्र महत

 

मन भरी साउन दर्किदा पनि
ओठमा मुस्कान बोकेर
समाचार पढि रहन्छ समाचार बाचक

चाहे महभुकम्पले ढालेका
मानबिय पिडा हुन या
पहिरोमा पुरिएको आस्थाहरु
बडिमा बगेको बस्ती होस् या
शितलहरमा काठयाङ्रिएको
नाङा भुतुङाका मृत्‍यु
मानबिय सम्बेदना लुकाएर पढछ
मानौ उ यन्त्र हो
उस्लाई छोएर पनि छुन मिल्दैन

राम र अयोध्या पनि पढछ
साँध सिमना पनि पढछ
देश पढछ बिदेश पढछ

तर पढदैन
उस्को आँखामा बगेका
उस्का सपनाहरु
उस्को भावनाहरु
लाग्छ उ यन्त्र हो
र उ समाचार पढि रहेछ

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!