US Khabar

अमेरिकामा तेस्रो ठूलो बैंकिङ दुर्घटना:सिलिकन भ्याली बन्द भएको २ दिनमै सिग्नेचर बैंक पनि बन्द

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

अमेरिकामा तेस्रो ठूलो बैंकिङ दुर्घटना:सिलिकन भ्याली बन्द भएको २ दिनमै सिग्नेचर बैंक पनि बन्द

अमेरिककै ठूला बैंकमध्येको एक सिलिकन भ्याली बन्द भएको २ दिनमा नै अमेरिकाको अर्को ठुलो बैंक पनि बन्द भएको छ । अमेरिकाको चर्चित मध्यको सिग्नेचर बैंक पनि बन्द भएपछि अमेरिकाको ट्रेजरी, फेडरल रिजर्भ र फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले यस बिषयमा संयूक्त विज्ञप्ति जारी गर्दै आधिकारिक जानकारी सार्वजनिक गरेको हो ।

आइतबार सांझ जारी विज्ञप्तिमा उल्लेख भए अनुसार यो बैंक बन्द हुनु अमेरिकामा तेस्रो ठूलो बैंकिङ असफलता (दुर्घटना) हो । सन् २००१ मा स्थापना भएको यस बैंक सम्बन्धमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसका अनुसार डिसेम्बर ३१ सम्म सिग्नेचर बैंकको कुल सम्पत्ति ११०.४ बिलियन अमेरिकी डलर र कुल निक्षेप ८८.६ बिलियन डलर रहेको छ ।

क्रिप्टोकरेन्सी उद्योगमा लगानी गर्ने मुख्य बैंक मध्येको एक सिग्नेचर बैंक न्यूयोर्कमा आधारित वाणिज्य बैंक हो । न्यूयोर्क, कनेक्टिकट, क्यालिफोर्निया र नर्थ क्यारोलिनाभर ३८ वटा निजी ग्राहक कार्यालय भएको बैंक बन्द भए पनि उक्त बैंकमा रहेका निक्षेपकर्ताको सबै निक्षेप सुरक्षित हुने जनाईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!