बाल्टिमोर एसोसिएसन् अफ नेपलिज इन अमेरिका (बाना)ले अन्तर्राष्ट्रिय महिला दिवस शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित क्रियाशिल सामाजिक संस्था बानाले मार्च १२ आईतबारका दिन नारी दिवसिय शुभकामना आदाप्रदान साथै अन्तरक्रिया कार्यक्रम नारीमैत्री वातावरणमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस सफलतापूर्वक सम्पन्न गरेको हो ।
महिला आयोग प्रमुख कमला कुमारी पराजुलिको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रम महिला सशक्तिकरण लक्षित रहेको थियो । लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख तथा नेपालबाट आएका आमन्त्रित अतिथि, सरोकारवाला प्रतिनिधि लगायत विभिन्न वक्ताहरुले महिला दिवसको आवश्यकता र महत्वमाथि बैचारिक धारणा प्रस्तुत गरेका थिए ।
महिला आयोग सदस्य कृष्ण कुमारी पौडेल खतिवडा, पूर्व संविधान सभा सदस्य विन्दा पाण्डेय, राष्ट्रिय बाल अधिकार परिषद् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बाल संरक्षण प्रमुख नमुना भुसाल, गैर आवासीय नेपाली संघ आईसीसी कार्यकारी अध्यक्ष रबिना थापा, एनसीसी अमेरिका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थ, म्याग्दी प्रवासी नेपाली संघ मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अम्मर छन्त्याल, प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय सचिवालयका सदस्य तथा बानाका पूर्व महा सचिव प्रभु थापा लगायत पूर्व अध्यक्षहरु अनसूया श्रेष्ठ वन्त, कूलमणि आचार्य समेत सहभागिता रहेको कार्यक्रममा महिला आयोग प्रमुख कमला कुमारी पराजुलीले आयोजकलाई महिलाको अवस्था र चुनौतीबारे आफ्ना धारणा राखेकी थिईन् ।
कार्यक्रममा एनआरएनए आईसीसी कार्यकारी अध्यक्ष रविना थापाले नागरिकता विषयक, एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थले सल्यानको दुर्गम स्थानमा अस्पताल निर्माण, पूर्व संविधान सभा सदस्य विन्दा पाण्डेले महिला श्रमिक दिवसको महत्व लगायत विषयमा आफ्ना अनुभव सहितका धारणा राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव सागर घिमिरेले गरेका थिए ।
प्रतिक्रिया