स्याङ्जामा स्थानीय युवाहरुको कुटपिटबाट एक जना पुरुषको मृत्यु भएको छ । मदिरा सेवन गरेका युवाहरुको कुटपिटबाट स्याङ्जाको चापाकोट नगरपालिका ३ का ४५ वर्षीय कुलबहादुर सार्कीको मृत्यु भएको हो ।
मदिरा सेवन पछि भएको यस झगडामा कुलबहादुरलाई कुटपिट गरेर गम्भिर घाईते बनाएर युवाहरु भागेका थिए । कोही पनि नभएको खाली घरमा उनलाई एक्लै छोडेर भागेका उनिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय युवा अन्तिल ज्ञामी र १८ वर्षका पूर्णबहादुर खड्का रहेका छन् ।
पक्राउ परेका उनिहरुसंगको बयान र प्रारम्भिक अनुसन्धानमा उनिहरुले कुटपिट गरेर छाड्दा कुलबहादुर जीवित नै रहेको तर सुनासान ठाउँमा उनि घाईते भएको कसैले थाहा नपाउँदा समयमा नै उपचार नपाएर मृत्यु भएको हो ।
प्रतिक्रिया