US Khabar

चीनले विश्व व्यवस्थालाई चुनौती दिएको बेलायतको टिप्पणी

- Admin | २ हप्ता पहिले प्रकाशित

चीनले विश्व व्यवस्थालाई चुनौती दिएको बेलायतको टिप्पणी

काठमाण्डौं ।  चीनले विश्व व्यवस्थालाई चुनौती दिएको बेलाएतले टिप्पणी गरेको छ । यसलाई गम्भीर विषयको रूपमा लिनुपर्ने जनाएको छ् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले विश्व अस्थिर भएको र यसबाट आफ्नो देशको सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा क्षेत्रमा लगानी बढाउन लागेको जानकारी दिएको छ ।

आगामी दुई वर्षमा बेलायतको प्रतिरक्षा खर्च झन्डै पाँच अर्ब पाउन्ड बढ्ने प्रधानमन्त्री सुनकलाई उद्धृत गरी अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । चीनले दिएको चुनौतीलाई बेलायत सरकारले गम्भीरताका साथ लिएको र देशका संवेदनशील क्षेत्रमा चिनियाँ लगानी रोक्न काम गरिरहेको पनि उनको भनाइ छ ।

साथै सुनकले अस्ट्रेलियालाई पारमाणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बीहरू आपूर्ति गर्नेबारे अमेरिका र अस्ट्रेलियाका समकक्षीहरूसँग वार्ता समेत गरेका छन् । सन् २०२१ मा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ सैन्य शक्तिविरुद्ध प्रतिरक्षा गर्ने संयुक्त प्रयासको एक अंशको रूपमा औकुस सम्झौता भएको थियो । सम्झौतामा बेलायत, अस्ट्रेलिया र अमेरिकाले सहमति जनाएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!