काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वैज्ञानिक अनुसन्धानको आविस्कार विकासको मेरु दण्ड भएको भन्दै यस क्षेत्रमा लगानी बढाउन सरकार तयार रहेको बताएकी छिन् ।मंगलबार एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औं अन्तर्राष्ट्रिय सम्मेलन उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै, उनले अनुसन्धानले प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रमा लगानि बढाउन आवश्यक रहेको बताइन् ।
उनले भनिन् ‘वैज्ञानिक अनुसन्धान आविस्कार र नवप्रर्वद्धन विकासको मेरुदण्ड हो । यसले हरेक क्षेत्रको प्रगतिमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले हामीले अनुसन्धानमा लगानी बढाउनु पर्ने आवश्यकता छ । सुचना प्रविधि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो ,नेपालले यसबाट उच्चतम् लाभ लिन सक्छ भन्ने विश्वास छ ।’ नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोग गरी नयाँ अवसर श्रृजना गर्ने र मुलुकको आर्थिक समृद्धि हासील गर्नु नै सरकारको लक्ष्य रहेको उनको भनाई छ ।
प्रतिक्रिया