सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। पछिल्लो समय अत्याधिक बिवादमा रहेको गुठी बिद्येयक जनताको चौतर्फी विरोध पछि आज सरकारले फिर्ता लिन बाध्य भएको हो।

विधेयकले संस्कृति तथा सम्पदामाथि प्रहार गरेको र देशको अस्तीत्व संकटमा परेको भन्दै उपत्यका सहित देशभर बिरोध प्रदर्शन सुरु भएपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन्। राष्ट्रियसभामा विधेयक फिर्ता लिने मन्त्री अर्यालको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो।

 

Comments

comments