US Khabar

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भदौ १ देखि खुल्ने

- Admin | ३ वर्ष पहिले प्रकाशित

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भदौ १ देखि खुल्ने

कोरोना संक्रमणका कारण ५ महिनादेखी बन्द रहेका नेपालका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले कोरोनाको कारण बन्द गरिएको हवाई उडान भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइका अनुसार तत्कालका लागि भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने गर्ने र यसबारेमा पर्यटन मन्त्रालयले उडान प्रोटोकल तयार पार्ने निर्णय भएको छ ।

चैत ११ गते देखी देशभर लकडाउन जारी भएपछि संक्रमण जोखिम बढ्न सक्ने भन्दै व्यावसायिक हवाइ उडान बन्द गरिएको थियो । संक्रमणको जोखिमलाई ध्यनमा राखी चैत ९ देखि अन्तर्राष्ट्रिय उडान र ११ देखि आन्तरिक उडान बन्द भएका थिए ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!