अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफल भएको छ । स्पेसएक्स कम्पनीको इतिहासमै चुनौतीपूर्ण मानिएको यस प्रक्षेपण अभियान एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्दै सफल भएको हो ।

स्थानिय समय अनुसार बिहान मंगलबार २:३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी प्रक्षेपण गरिएको यस प्रक्षेपण अभियानमा करिब ६ घण्टा समय लागेको थियो ।

विश्वकै धनी एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो ।

Comments

comments