तालिवानले अफगानिस्तानमा शान्ति स्थापनाका लागि संयक्त राज्य अमेरिकासँग शान्ति सम्झौता गर्ने चरणमा पुगेको बताएको छ । अमेरिकाले लामो समयदेखि शान्ति स्थापनाका लागि गरेको प्रयास सफल नभइरहेका बेला तालिवानीहरुको उक्त भनाइ आएको हो ।
पछिल्लो समय भएको सहमति अनुसार अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिकलाई क्रमशः घर फर्काउने र दुवै देशले एक अर्कामाथि हमला नगर्ने बताइएको थियो । तर एक आपसमा विश्वासको वातावरण नबन्दा अमेरिकी सैनिक फिर्ता हुन सकेका छैनन् ।
तालिवानी लडाकूहरुले अमेरिकाले अझै पनि आफ्ना प्रतिवद्धताविरुद्ध ग्रामीण इलाकाहरुमा रहेका प्रहरी चौकीमा आक्रमण जारी राखेकाले तत्काल उक्त कदम नसच्याए थप हिंसा बढ्ने चेतावनी दिएको छ । अमेरिकाको कदमले विश्वासको वातावरण बन्न नसकेको तालिवानी लडाकूहरुले जनाएका छन् ।
तालिवानीहरुले गम्भीर भएर आफ्नो सम्झौता पालना गर्न अमेरिकासँग पटक पटक आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यस्तै तालिवानी लडाकूहरुले बन्दी बनाएका एक हजार सरकारी कर्मचारी र सरकारले बन्दी बनाएका पाँच हजार तालिवानी लडाकूहरु रिहा गर्न भएको ढिलाइप्रति समेत चिन्ता व्यक्त गरिएको छ । यता अमेरिकी सेनाले तालिवानीहरुको दावीलाई अस्विकार गर्दै सम्झौताको सैन्य सर्त मान्य हुने स्पष्ट पारेको छ । (एजेन्सी)
प्रतिक्रिया