काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले धमाकेदार ब्याटिङ गर्दै ३२ बलमा नै आफ्नो अर्धशतक पूरा गरे । उनको इनिङमा चार छक्का र तीन चौका समावेश छन् । उनले यूएईका फिल्डरबाट एकपटक जीवनदान पाएका थिए । एकातर्फबाट विकेट ढलिरहँदा उनले अर्को इन्डबाट यूएईका बलरहरुमाथि कडा प्रत्याक्रमण गरेका हुन् । कुशल त्रिवि मैदानमा उत्कृष्ट ब्याटिङ गर्ने गर्छन् । आज नेपालको चेज धेरै हदसम्म उनको ब्याटिङमा टिकेको छ । सातौं ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल क्याचआउट हुँदा तेस्रो विकेट गुमाएको नेपालको इनिङ सम्हाल्दै कुशलले अर्धशतक बनाउँदा भीम सार्कीसँग ६१ रनको साझेदारी गरेका छन् । यसअघि, नेपालले पाओरप्लेको समाप्तिमा तीन महत्वपूर्ण विकेट गुमाउँदै ५२ रन बनाएको थियो । ओपनर आसिफ शेख पहिलो ओभरको तेस्रो बलमा डकआउट हुँदा कुशल मल्ल १।३ ओभरमा ५ बल खेल्दै ५ रनमा आउट भए ।
नेपाललाई केही सम्हाल्ने प्रयाससहित तेस्रो नम्बरमा क्रिजमा गएका कप्तान रोहित पौडेल २५ बलमा १६ रन बनाएर क्याचआउट भएका थिए । यूएईका लागि आर्यन अफजल खानले ५ ओभरमा १७ रन खर्चिएर दुई विकेट लिँदै यूएईलाई उत्कृृष्ट सुरुआत दिलाएका हुन् । भने जुनाइद सिद्धिकीले २ ओभरमा १ विकेट लिएका छन् । एकदिवसीय मान्यता जोगाइसकेको नेपाल लिग २ को शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायर खेल्न आजको खेल जित्नै पर्ने दबाबमा छ । आजको खेलमा जित वा हारले यूएईलाई भने केही फरक पर्ने छनै ।
प्रतिक्रिया