US Khabar

अमेरिकाको ओरेगन विमानस्थल नजिकको होटलमा गोली चल्दा २ जनाको मृत्यु

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

अमेरिकाको ओरेगन विमानस्थल नजिकको होटलमा गोली चल्दा २ जनाको मृत्यु

अमेरिकाको ओरेगनको विमानस्थल नजिकैको एक अतिथिगृहमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । ओरेगन राज्यको पोर्टल्याण्ड शहरको बिमानस्थल नजिक रहेको एम्बेसी सुइट्स पोर्टल्याण्ड एयरपोर्ट नामक अतिथिगृहमा चलेको गोली लागि एक पुरुष र महिलाको मृत्यु भएको हो ।

स्थानीय समय अनुसार बुधबार बिहान करिब २ बजे भएको यस घटनाका प्रत्यक्षदर्शीका अनुसार मानिसको मृत्यु हुनेगरि भएको गोलीकाण्डका कारण होटल परिसर त्रासदीपूर्ण बनेको थियो ।

यस बिषयमा ईस्ट काउन्टी प्रमुख अपराध टोली तथा मुल्नोमाह काउन्टी शेरिफको कार्यालय, ग्रेशम पुलिस विभाग, ओरेगन राज्य पुलिस, पोर्टल्याण्ड पुलिस विभागको पोर्ट र मुल्नोमाह काउन्टी जिल्ला न्यायधिवक्ताको कार्यालयका सदस्यहरूले अनुसन्धान गरिरहेको बताईएको छ ।

A man and a women died after a shooting early Wednesday morning, March 15, 2023, at the Embassy Suites by Hilton Portland Airport, 7900 NE 82nd Ave.

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!