नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेसंगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । खराब मौषमका कारण एम्पाएरले रोक्ने निर्णय गरेका कारण डिएल मेथड मार्फत नेपाल ९ रनले बिजयी भएको हो ।
बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।
प्रतिक्रिया