नेपाली जनसम्पर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । सामाजिक एकता, आपसी सद्भाव, बन्धुत्व र भाईचाराको वातावरण सृजना हेतु नेपाली जनसमपर्क समितीको क्यालिफोर्निया च्याप्टरले आगामी अप्रिल ३० तारिक आईतबारका दिन बनभोज कार्यक्रमको आयोजना गर्ने भएको हो ।
बर्ष २०७९ को विदाई तथा नयाँ बर्ष २०८० को स्वागतका रुपमा आयोजना हुँदै गरेको यस बनभोज कार्यक्रम क्यालिफोर्नियाको 18750 Clarkdale Ave, Artesia,90701 मा आयोजना हुने बनभोज कार्यक्रम स्थानिय समय अनुसार बिहान ११ बजे देखी सुरु भै बेलुका ४ सम्म हुनेछ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा यपस्थितिका लागि आयोजक जन सम्पर्क समितिले अनुरोध गरेको छ ।
यस विषयमा प्रेस विज्ञप्ती जारी गर्दै आयोजक कमिटीले जन सम्पर्क समिति बिशुद्ध सामाजिक सेवा र सामुदायिक हितका लागि सदैव अग्रसर साझा उदेश्यका साथ नेपाली जनसंपर्क समिती अमेरिका र साउदर्न क्यालिफोर्निया च्याप्टरले विगत बर्षहरु जस्तै यस बर्ष पनी ’बिशाल बनभोज कार्यक्रमको आयोजना गर्न लागियको बताएको छ ।
जारी विज्ञप्तिमा यल्लेख भ अनुसार नेपाली कांग्रेसको प्रवास साखाका रुपमा रहेको समितिले महामानव बिश्वेश्वरप्रसाद कोईरालाद्वारा शुरुवात भएको मेलमिलापको निती, ब्यस्त दिनचैर्या र परदेशको थकान साथै शितल मौसमको स्वागतको अवसरमा खुल्ला दिलले मनोरन्जन, खाना र भाईचाराका खातिर यस बर्ष पनि क्यालिफोनिर्याया च्याप्टरले बनभोज कार्यक्रमको आयोजना गर्ने भएको हो ।
खाना, बालबालिकाहरुका लक्षित कार्यक्रम, खेल, संगीत र मनोरन्जनलाई प्राथमिकताका साथ समाबेश गरीने कार्यक्रममा सहभागि भयर ’एक दिन मात्र भने पनि भरपुर आनन्द लिन’ अनुरोध गरेको आयोजक कमिटिले सामुदायिक एकता र बन्धुत्वका लागि यस कार्यक्रमको आयोजना गरियको बताएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, एकताको अमुल्य सहभागीताका लागि नेपालिज अमेरिकन सामुदायिक उपस्थितिमा अग्र स्थानमा रहेको ग्रेटर लस एन्जसलवासीहरुको बिशाल मन, भाईचाराको आपसी सम्बन्ध, कार्यगत एकता र एउटै सामाजिक गन्तब्यमा पुग्ने समान गन्तब्यको बाटोलाई चुस्त र सजिलो बनाउने हिसाबले हामीले यस बर्ष पनि बनभोज कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेका हौं । आपसी तिक्तता, बैमनश्यता र थकानलाई मेटाउन एक दिनको बनभोज प्रयाप्त नभए ता पनि बन्धुत्वको यो प्रयासको हाम्रो निरन्तरतालाई सबैले साथ दिनुहुने विश्वाश लिएका छौं ।
साउदर्न क्यालिफोर्नियन नेपाली सामुदायिक सदस्यहरु बिचको एकताको सम्बन्धलाई अझै प्रभावकारी बनाउन खेल, संगित, बालबालिकाका लक्षित कार्यक्रमहरु समाबेश यस बनभोजको उद्येश्य आपसी विभक्त मनोदशाबाट हटेर ‘सामुदायिक हितका लागि एक’हुने विश्वाशका साथ आयोजाना गर्न लागेको बताईएको छ ।
प्रतिक्रिया