US Khabar

अमेरिकी जन प्रतिनिधिका साथ अन्तराष्ट्रिय महिला दिवस मनाउँदै नेपाली समाज टेक्सस

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

अमेरिकी जन प्रतिनिधिका साथ अन्तराष्ट्रिय महिला दिवस मनाउँदै नेपाली समाज टेक्सस

 

सुष्मा देवकोटा

नेपाली समाज टेक्सस ‘एनएसटी’ले अमेरिकी जन प्रतिनिधिका साथ अन्तराष्ट्रिय महिला दिवस मनाउने भएको छ । एनएसटीले मार्च १८ शनिबारका दिन टेक्सस राज्य प्रतिनिधि टेरी मेजा र युलेश जिटीकी मेयर लिण्डा मार्टिनका साथ ११३ औं अन्तराष्ट्रिय महिला दिवस विषेश कार्यक्रमा साथ मनाउने भएको हो ।

नेपाली समाज टेक्ससको महिला कमिटीको प्रस्तुतिका रुपमा आयोजना हुँदै गरेको यस कार्यक्रम मार्च १८ शनिबार दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

अमेरिकाबाट संचालिन यूएस खबर मिडिया नेटवर्क कर्पोरेसन र रिपोर्टर्स क्लव अमेरिका मिडिया पार्टनर रहेको कार्यक्रममा सहभागि हुन चाहने तथा जानकारीका लागि आयोजक कमिटीले सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ । जसका लागि नेपाली समाज टेक्ससकी महिला संयोजक गुञ्जन भण्डारी र ईसी मेम्बर शान्ता गिरीलाई सम्पर्क गर्न सकिने छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!