काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको वाल्मीकि विद्यापीठमा स्वतन्त्रविद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगितभएको छ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले क्याम्पसमा तालाबन्दी गरेसँगै निर्वाचन स्थगित भएको हो । निर्वाचनप्रक्रियामा दर्ता भएका विद्यार्थी संगठनहरू बीच छलफल नगरी निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै नेविसंघले विद्यापीठ प्रशासनमा तालाबन्दी गरेको हो ।
त्रिभुवन विश्वविद्यालयसहित देशभरका आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरू भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ । काठमाडौंका २२ आंगिक क्याम्पसहरू मध्ये ८ वटा क्याम्पसमा भने आज निर्वाचनन हुने भएको छ ।
प्रतिक्रिया