US Khabar

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बिषयमा छलफल गर्न काँग्रेस बैठक बस्दै

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बिषयमा छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौं । काँग्रेसको केन्द्रीय कार्य सम्पादन बैठक बिहान १० बजे बस्ने भएको छ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकको मुख्य एजेण्डा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्वन्धमा रहेको छ ।

प्रधानमन्त्री दाहालले सोमवार विश्वासको मत लिँदैछन् । तत्कालिन सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । छलफलका लागि काँगे्रसको संसदीय दलको बैठक पनि आजै बस्दैछ । बैठक संसद भवनस्थित ल्होत्से हलमा दिउँसो १२ बजे बस्दैछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!