US Khabar

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक नयाँबानेश्वरस्थित सघीय संसद् भवनमा आजदिउँसो १ बजे बस्ने भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्तकार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् सम्बन्धीविधेयक, २०७९’ पेस गर्नेकार्यसुचि रहेको छ । त्यसैगरी, उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलापआयोग विधेयक, २०७९’ पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!