US Khabar

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विहान ११ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बसुन्धारामा बस्ने छ ।बैठकमा समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

रास्वपाले यसअघि विश्वासको मत दिएर सरकारमा सहभागिता जनाएको थियो । तर नागरिकता प्रकरणपछि रवि लामिछानेको मन्त्री पद गएको थियो । त्यसपछि पार्टी सरकारबाट बाहिरिएको थियो । यद्यपि समर्थन भने कायमै रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!