US Khabar

रास्वपा पनि सरकारमा जाने संकेत: प्रधानमन्त्रीलाई दिएको विश्वासको मत कायमै

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

रास्वपा पनि सरकारमा जाने संकेत: प्रधानमन्त्रीलाई दिएको विश्वासको मत कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको विश्वासको मतकायम राख्ने निर्णय गरेको छ ।

आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको नेता रमेश प्रसाईँले जानकारी दिए ।

पार्टीले उठाउँदै आएका मुद्दाहरूलाई प्राथमिकतामा राख्ने शर्तमा सरकारमा जान सक्ने सम्भावनालाई कायमै राख्ने सो पार्टीले जनाएको छ । बैठकमा सरकारमा हतार गर्न नहुने विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!