US Khabar

युएईमा रहेका गीतकार तथा मोडल आषिश पुरुषका परेली आमाको सम्झनामा भिज्दै (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

युएईमा रहेका गीतकार तथा मोडल आषिश पुरुषका परेली आमाको सम्झनामा भिज्दै (भिडियो)

मोडल तथा गीतकार आषिश पुरुषको नयाँ गीत सार्वजनिक भएको छ । आमाको सम्झना बोकेको आषिश पुरुषको रातै भरी परेली भिज्यो बोलको गीत युटुव मार्फत सार्वजनिक भएको हो ।

पछिल्लो समयका ब्यस्त संगीतकार सुवास भुसालको संगीत रहेको यस गीतमाथी लिरिकल भिडियो तयार भएको छ जसमा आशिष स्वयंको अभिनय रहेको छ ।

केतन क्षेत्रीको स्वरमा रहेको रातै भरी परेली भिज्यो गीतमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण विश्व लक डाउनमा रहेको समय सार्वजनिक यस गीतले परदेशमा रहेका लाखौं नेपाली छोराहरुको मनलाई प्रतिनिधित्व गरेको छ ।

लामो समय देखी युएईको दुवईमा रहेर पनि कला, संगीत र सञ्चार क्षेत्रमा सक्रिय आशिष पुरुषले यस गीत आफ्नी स्वर्गीय आमा नन्दा कुमारीको यादमा लेखेको गीत हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!