US Khabar सम्बाददाता  
अमेरिकामा नेपालीहरुको दोश्रो राष्ट्रिय सम्मेलन यही जुलाई ५ – जुलाई ७ सम्म बाल्टिमोर, मेरिल्याण्डको रेड लायन होटेलमा आयोजना गरिदैछ। करिव ४ महिना अघि देखि थालिएको सम्मेलनको तयारी पूर्ण भैसकेको छ ।
नेपाल तथा अमेरिकाका बिभिन्न स्थानहरुबाट निमन्त्रणा गरिएका पाहुनाहरु आउने क्रम जारी छ।  होटलका कोठाहरु योजना अनुसार बिक्री भैसकेको जानकारी ‘सम्मेलनका महासचिव’ विजयराज भट्टराइले जानकारी गराउनुभयो।
यस कार्यक्रमको आयोजकहरुमा  एसोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (ए.एन.ए.), असोसिएसन ओफ़ नेप्लिज इन मिडवेष्ट अमेरिका (ANMA), अन्तराष्ट्रिय साहित्य सम्माज (INLS) र  बाल्टिमोर एसोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (BANA ) रहेका छन भने स-आयोजकहरुमा अन्य आठ संस्थाहरु रहेका छन। त्यसैगरी बाल्टिमोर/डीसी क्षत्रका अन्य धेरै संघ-संस्थाहरु सहयोगी संस्थाहरुको रुपमा कार्य गरिरहेका छन्।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल सरकारका तर्फबाट प्रदेश नम्बर १ का मूख्य मन्त्री शेरधन राई, नेकपा का तर्फवाट केन्द्रीय कमिटि सदस्य तथा अनेरास्ववियु का पूर्व अध्यक्ष ठाकुर गैरे, नेपाली कांग्रेसका तर्फबाट पूर्व मन्त्री दीपक गिरि,राप्रापाको तर्फबाट सह महामन्त्री प्रेम श्रेष्ठ सहभागी हुनुहुनेछ।
त्यसै गरि अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्की, नेपाल डेभलपमेण्ट फोरमको निमित्त नेपाल सरकारका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले र नेपाल फोरम तथा टेक्नोलोजी ट्रान्सफर्मेसन फोरमका लागि Dr. Jim Etter  र Ambassador Peter Bodde हुनुहुन्छ।
सम्मेलन सम्बन्धी थप जानकारी तथा रजिस्ट्रेसन सम्बन्धी जानकारी https://nepalinationalconvention.org/ बाट प्राप्त गर्न सकिनेछ।

Comments

comments