अमेरिकाको न्युयोर्कमा पहिलो पटक आगामी नोभेम्बरमा हुने “वर्ल्ड नेपाली म्युजिक अवार्ड 2019” लाई भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न देशहरुमा संयोजक चयनको काम भैरहेको छ । इज़रायलको लागी वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९ को लागी गीतकार तथा मोडल कादम्बरी दाना श्रेष्ठ लाइ चयन गरिएको छ । विगत १४ बर्ष देखी इजरायलमा रहदै आएकी कादम्बरी “नेपाल आदिवासी जनजाती महासंघ इजरायल” को कोषअध्यक्ष अन्तर्राष्ट्रिय कलाकार मन्चमा कोषअध्यक्ष हुँदै भखरै सम्पन्न अधिबेशन बाट अंतरष्ट्रिय कलाकार मंच इज़रायल शाखा को अध्यक्ष पदमा चयन हुनु भएको छ ।
हाल Nrna ncc इजरायलको निर्बिरोध बर्तमान कोषअध्यक्ष , “गितकार संघ नेपाल” कि आजिवन सदस्यपनी रहनु भएकि गीतकार कादम्बरीको दुइवटा, “सुशान्त को स्मृति ” र “कादम्बरी कुञ्ज” नामको गीति एल्बमहरु नीकै लोकप्रिय रहेकोछ, आधा दर्जन लोकप्रिय गीतहरूमा अभिनय गरीसक्नु भएकी कादम्बरी दाना श्रेष्ठ एक सफल नारीको रुपमा इज़रायलमा चिनिन्छ ।

राष्ट्रीय नेवा:खल: इज़रायल तथा पाथीभरा भक्ती समाज इजरायल कि बर्तमान सल्लाहकार, नमस्ते नेपाल हातिमालो इजरायल कि आजिवन सदस्य, हिमालय रेडियोको आजीवन सदस्य लगायत थूप्रै सामाजिक संघ संस्थामा आफ़नो दख़लता देखाई सक्नु भएको छ ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०९ लाई भब्य रुपमा सम्पन्न गर्न यस अगि अस्ट्रेलिया संयोजकमा प्रथम मिसेस नेपाल अस्ट्रेलिया बिजेता इन्दिरा रोका र दक्षिण कोरिया संयोजकमा समाजसेबि ओम जुगजाली चयन भैसकेका छन । अरु देशहरुको पनि संयोजक चुन्ने काम तीव्र भैरहेको अवार्ड संयोजक सुमन बुढा मगरले बताएका छन ।

वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आबेदन खुल्ला भैसकेको छ । जुन २१ देखि अगस्ट ३० सम्म बिश्वभरबाट आबेदन दिन सकिने पनि अवार्ड संयोजक सुमन बुढा मगरले यूएस खबरलाइ बताएका छन् । आउदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।

विशेष गरी पछिल्लो समय संसारको हरेक देशमा नेपालीहरू भएको हूनाले संसार भरीको कलाकारहरूको प्रतिष्ठाको सम्मानित अवार्ड बनाउने उद्य्श्यले पनी संसारभरीबाट सम्मानित र प्रतिष्ठित ब्यक्तिहरू संयोजकमा चयन गर्न लागेको अवार्ड संयोजक सुमन बूढ़ाले जानकारी गराउनु भएको छ । नेपाली गीतसंगीत लाई विदेशमा रहेको नेपाली यूबाहरूले नबिर्सिउन र अन्तरास्ट्रिय स्तरमा नेपाली गीत संगीतको प्रचार प्रसार तथा बिश्वभरीको कलाकारहरूको भावना एकै स्थानमा जमघट गराउन पनी यो अवार्ड कोशे डुंगा साबित हुने आयोजक बताउछ ।

Comments

comments