काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले नेपालको शिक्षानीति परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । आज काठमाडौंमा आयोजीत वैज्ञानिक समाजवादको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, अहिलेको शिक्षानीतिले देशमा ठोस योगदान दिन नसकेको बताए । उनले मुलुकको व्यवस्थालाई समाजवादको सहि अर्थ के हो भनेर बुझाउन आवश्यक भएको बताए । ‘समाजवाद भनेर विकृत तुल्याउने खालको दलाल संसदीय राज्यव्यवस्था छ । तर कम्युनीष्टहरुले वैज्ञानीक समाजवाद कस्तो हुन्छ भनेर देखाउन जरुरी छ ।’उनले समाजमा हुने गरेको विकृति विसंगती अन्त्य गर्न आवश्यक छ भन्दै शिक्षा प्रणालीलाई समग्र रुपमा सुधार्नु पर्ने कुरामाजोड दिएका छन् ।
प्रतिक्रिया