नेपाली समाजका टेक्ससका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता कृष्ण लामिछानेको निधन भएको छ । नेपाली समाज टेक्सस, गैर अवासिय नेपाली संघ अमेरिका लगायत संस्थामा क्रियाशिल छवि स्थापित गरेका लामिछानेको आज टेक्सस स्थित आफ्नै निवासमा निधन भएको हो ।
मृत अवस्थामा भेटिएका लामिछानेले असामान्य भनिएपनि उनको मृत्युको आधिकारिक कारण भने पृष्टी भै सकेको छैन । यस विषयमा नेपाली समाज टेक्ससले सार्वजनिक गरेको जानकारीमा उनको असामान्य निधन भएको मात्र उल्लेख गरिएको छ । आफ्नै घरभित्र मृत फेला परेका लामिछानेको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।
गत निर्वाचनमा एनआरएनए अमेरिकाको अध्यक्ष पदमा पराजित लामिछाने एनआरएनका गतिविधिमा सक्रिय रहेकाले पनि अमेरिका तथा आईसीसी र अन्य देशका एनआरएनए समुदायमा पनि उनि परिचित थिए ।
जनसम्पर्क समिति अमेरिका साथै विभिन्न संस्थामा आवद्ध लामिछनेले लामो समयदेखी टेक्ससमा रहेर व्यवसाय संचालन गर्दै आएका नेपाली व्यवसायि हुन् । भूकम्प, दैवि प्रकोप, कोभिड पेण्डामिक जस्ता आपतकालिन अवस्थामा सहयोग संकलनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका लामिछानेलाई यस पटक पनि एनआरएनए अमेरिकाको नेतृत्व प्रतिस्पर्धामा देख्न सकिने अपेक्षा र अनुमान धेरैको रहेको थियो । यद्यपी अचानक उनको निधन भएपछि उनि र उनको कर्म निकट टेक्सस साथै अमेरिकी नेपाली समुदायले गहिरो दुख व्यक्त गरेको छ ।
प्रतिक्रिया