अमेरिकाकी सबैभन्दा जेष्ठ नागरिक अलिलिया मर्फी ११४ बर्षमा प्रवेश गरेकी छन् । सन् १९०५ जुलाई ६ तारिखका दिन नर्थ क्यारोलाईनामा जन्मिएकी मर्फी आजबाट ११३ पुरा भएर ११४ बर्षमा प्रवेश गरेकी हुन् ।

विश्वको जीवीत बृद्ध बृद्धाको सुचिमा दोस्रो स्थानमा रहेकी मर्फी यो संसार कै ८ औं जिउँदो बृद्ध मानिसको सुचिमा पर्दर्दिन् । ९४ बर्ष देखी न्युर्योकमा रहँदै आएकी मार्फी २० बर्षको उमेरमा नर्थ क्यारोलाईनाबाट न्यूयोर्क बसाई सरेकी थिईन ।बिबाह भएको छोटो समयमा नै श्रीमानको मृत्यु भएपछि उनले आफ्ना २ सन्तानको जिम्मेवारी एक्लै उठाएकी थिईन ।

विश्वकै दोस्रो सुचिमा रहेकी मार्फी विश्वका सबैभन्दा जेष्ठ नागरिक जापानका काने तानाका भन्दा जम्मा २ बर्ष मात्र कान्छी छिन् ।

Comments

comments