वरिष्ठ डेमोक्रेटिक नेत्री न्यान्सी पेलोसीले कोरोना भाइरसलाई ’ट्रम्प भाइरस’ को नाम दिएकी छिन् । नेत्री पेलोसीले अमेरिकामा यति ठुलो संख्यामा कोरोना संक्रमणबाट मानिसको मृत्यु हुनुमा राष्ट्रपति ट्रम्पको गैर जिम्मेबारीपूर्ण ब्यवहार भएको भन्दै कोरोना भाइरसलाई ’ट्रम्प भाइरस’ भनेकी हुन् ।
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ् रिप्रेजेन्टेटिभकी स्पीकर तथा वरिष्ठ डेमोक्रेटिक नेत्री पेलोसीले अमेरिकामा मात्रै १ लाख ४४ हजार ९ सय भन्दा धेरैको मृत्यु भएको र ४० लाख २८ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोप्रति दुख ब्यक्त गर्दै उनले राष्ट्रपति ट्रम्पले कोरोना महामारी सङ्कटलाई सहि ढङ्गले सम्हाल्न नसक्दा यति ठुलो संख्यामा मानविय क्षती अमेरिकाले ब्यहोर्नु परेको आरोप लगाएकी हुन् ।
सीएनएनसँगको कुराकानीमा पेलोसीले अमेरिका कोरोना भन्दा पनि बास्तवमा ट्रम भाईरसको सिकार हुनुपरेको बताएकी छन् । केही दिन अघि जनतालाई माक्स लगाउन अपिल गर्ने सुझाव अस्विकार गरेका ट्रम्पले मास्क लगाउन अपिल गरे लगत्तै नेत्री पेलोसीबाट आएको अभिब्यक्तीमा उनले ट्रम्पले माक्स लगाउन आह्वान गर्छु भन्नु आफ्नो गल्ती स्कीकार गरेको बताएकी छन् ।
प्रतिक्रिया